गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउः को हुन् बस्नेत ? यसकारण भयो हत्या


१८ मंसिर २०७४, सोमबार
gauchan haitira

काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समीरमानसिंह बस्नेत पक्राउ परेका छन् ।gauchan haitira

काठमाडौं–१३ बाफलका ३४ वर्षीय बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शनिबार चितवनको नारायणगढबाट पक्राउ गरेको हो । सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले बस्नेतकै योजनामा गौचनको हत्या भएको बताए ।

‘गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत पक्राउ परेका छन् । अहिलेसम्मको अनुसन्धान हेर्दा उनी नै हत्याका मुख्य योजनाकार हुन् । हत्यामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले भने ।,

यसरी पक्राउ परे बस्नेत
प्रहरीले बस्नेतको कमजोरी पक्राउ परेका अन्य अभियुक्तमार्फत लियो । हत्यामा प्रयोग गरिएका प्रविधिबारे जानकारी पनि उनीहरूबाटै प्राप्त गर्यो । पक्राउ परेका अभियुक्तले बस्नेत भारतमै लुकेका जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत प्रहरीले बस्नेतलाई चितवनसम्म ल्याउन योजना बनायो । योजनाअनुसार नै बस्नेत चितवन आए । चितवन आएकै वेला उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बस्नेत पक्राउ गर्न पाँच लाख भारु अर्थात् आठ लाख रुपैयाँ खर्च भएको छ ।

को हुन् बस्नेत रु
समिरमानसिंह बस्नेत काठमाडौं–१३ बाफलका स्थायी बासिन्दा हुन् । उनको शैक्षिक योग्यता १२ अध्ययन हो । कलेज पढ्दापढ्दै उनी चक्रे मिलन उर्फ मिलन गुरुङसँग निकट भए ।

अध्ययन छोडेर पूर्णकालीन रूपमा चक्रे मिलन समूहमा बसेर आपराधिक काममा सक्रिय बने । चक्रे मिलनसँग विवाद भएपछि उनी कुमार घैँटे समूहमा लागे । घैँटे समूहसँग संलग्न रहेका वेला उनले असुली धन्दा चलाए ।

घैँटे राजनीतिमा लागेपछि उनले घैँटे समूह पनि छाडे र आफ्नै समूह बनाउन तर्फ लागे । आश्रयस्थलका लागि भारतमै बसेका वेला उनको मनोज पुनसँग भेट भयो । मनोजको सक्रियतापछि समूहमा अन्य सदस्य पनि थपिए । र, डनका रूपमा आपराधिक क्षेत्रमा उदाए ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७