रक्सी सेवनले यौन समागम अवधि लम्बिन्छ ? यस्तो छ यथार्थ


१८ फाल्गुन २०७५, शनिबार
sex 28022019115554

काठमाडौं, १८ फागुन । भनिन्छ, मध्यपानले यौन इच्छा बढाउँछ, तर यसले यौन चेतनामा कुनै प्रभाव पार्दैन । कहिलेकाहीं कुनै–कुनै व्यक्तिका हकमा रक्सी सेवन गर्दा डर–चिन्ता तत्कालका लागि हट्न सक्छ जसले गर्दा मानिसले खुलेर आफ्ना भावना व्यक्त गर्न सक्छ तर यसले यौन चाहनालाई तीव्रता भने दिँदैन ।

sex 28022019115554

–कोही भन्छन्, रक्सी सेवनपछि पुरुषको लिंग बढी उत्तेजित हुन्छ र ऊ बढी कामुक समेत हुन्छ । वैज्ञानिकहरूका अनुसार कमै मात्रामा रक्सीको सेवनले व्यक्तिको यौन इच्छामा सामान्य प्रभाव पार्छ । बढी रक्सी सेवन गर्नेहरूमा त्यसको उल्टो असर पर्छ । लिंगमा यौन उत्तेजना देखिनुको सट्टा कमजोर हुँदै जान्छ । सीधै भन्दा बढी रक्सी सेवनले नपुंसकता वृद्धि हुन्छ ।

– रक्सी सेवन गरेपछि लामो समयसम्म यौन समागम गर्न मद्दत मिल्छ भन्ने कुरा पनि अन्धविश्वास मात्र हो । रक्सी सेवनबाट यौन क्षमतामा प्रभाव पर्छ तर, लामो समयसम्म समागम गर्न होइन कि यसले शीघ्र वीर्य स्खलन जस्तो समस्या बढाउँदै लान्छ ।

–चुरोट वा सुर्तीको नियमित सेवनले मानिसमा नपुंसकता निम्त्याउँछ । सुर्तीमा हुने निकोटिन बिस्तारै रक्त नलीमा जम्मा हुन्छ र रगतको प्रवाहमा कमी आएर पुरुष लिंग उत्तेजित हुने क्रम कम हुन्छ । रक्त प्रवाह कम हुँदै जाँदा नपुंसकता बढ्ने प्रबल सम्भावना हुन्छ ।

– गाँजा, चरेस, भाङ, अफिम जस्ता कुरा सेवन गर्दा यौन क्षमता घट्दै जान्छ । यी चिजले व्यक्तिको यौन क्षमता बढाउने नभै कम गर्छन् । साँच्चै भन्नुपर्दा नशाको प्रभावले मानिसमा यौन क्षमता बढेको अनुभव गराउँछ तर उसको क्षमता बढ्नुको सट्टा लगातार कमजोर भइरहेको हुन्छ ।

– केही मानिस मासु, माछा, अन्डा प्याज, लसुन, मसरुम जस्ता खानेकुराले काम वासना वृद्धि हुन्छ भन्छन्, तर यो एउटा अन्धविश्वास मात्र हो, यसमा कुनै सत्यता छैन ।

– गैडाको सिङ वा बाघको अण्डकोष सेवन गर्दा कामशक्ति बढ्छ भन्नु पनि अन्धविश्वास हो । कामशक्तिमा त्यसको कुनै प्रभाव हुँदैन ।

– बट्टाको अचार तथा भुइकटहर सेवनले पुरुष यौन रूपमा दुर्बल हुन्छ भन्नु पनि मिथ्या धारणा नै हो । लिंगमा रक्त प्रवाह कमीका कारण पुरुषमा यौन दुर्बलता हुन्छ । अचार तथा भुइकटहरले रक्तप्रवाहमा कुनै असर गर्दैन ।

– भिटामिन ‘ई’ को सेवनले यौन शक्ति कम हुन्छ भनिन्छ । ७० को दशकमा मुसामा यसको प्रयोग गरिएको थियो, तर मुसा र मानिस फरक जन्तु हुन् । त्यही मुसामा भएको प्रयोगलाई लिएर मानिसमा पनि त्यस्तै हुन्छ भन्ने हल्ला फिजाइएको मात्र हो ।

– बजारमा यौनशक्ति बढाउने विभिन्न किसिमका दबाई, चकलेट, क्रिम, तेल, स्प्रे आदिको प्रचार–प्रसार भैरहेको छ । यी चिजको विश्वसनियता नभएको हुँदा त्यसको प्रयोग वा सेवन गर्नु स्वास्थ्यका दृष्टिले दुर्भाग्यपूर्ण हुनसक्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७