पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक, जेठी छोरी लुना भारतबाट आउँदै


१८ फाल्गुन २०७५, शनिबार
Bharat mohan

काठमाडौं, १८ फागुन । पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अत्यन्तै नाजुक भएको छ । हाल उनको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

Bharat mohan

अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक–पटक दोहोरिएको थियो । पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । त्यसपछि फेरि उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

भेन्टिलेटर रहेका अधिकारीले तीन दिनदेखि पहिले जस्तो परिवारका सदस्यहरुले बोलाउँदा प्रतिक्रिया जनाउन नसकेको जनाइएको छ । आज ३ बजे जेठी छोरी लुना भारतबाट आएपछि के गर्ने भन्नेबारेमा परिवारले निर्णय लिने अधिकारी निकट स्रोतले जानकारी दिएको छ ।

चार पटक अर्थमन्त्री, एक पटक यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसकेका नेता अधिकारीलाई आम मानिसले ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा सम्मान गर्दछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७