किस्ट मेडिकल कलेजको कमाउने काइदा : बढी शुल्क नतिरे हाजिरीमै रोक


१९ फाल्गुन २०७५, आईतवार
kist

काठमाडौं, १९ फागुन । ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्न समेत रोकिएको छ ।

kist

कलेजले मन्त्रिपरिषद्बाट विर्धारित भन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुनासो छ ।

शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना हुन गएका विद्यार्थीसँग समेत मनोमानी शुल्क मागिएको छ । कलेजका शैक्षिक संयोजक किशोरीसिंह बस्नेतले अतिरित्त रकम नतिर्ने विद्यार्थीलाई हाजिर नगराउने चेतावनी दिने गरेको विद्यार्थी बताउँछन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७