पूर्व अर्थमन्त्री अधिकारीको पार्थिव शरीरमा ओली–प्रचण्डले ओढाए पार्टी झण्डा, आधा झण्डा झुकाइने (फोटो फिचर)


१९ फाल्गुन २०७५, आईतवार
bharat mohan dhumbarahi 2 JauytSWLU5

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

bharat mohan dhumbarahi 2 JauytSWLU5

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

मध्याह्न १२ बजेसम्म उनको शव पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । अहिले उनप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ ।

नेकपाद्वारा शोक प्रस्ताव पारित
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन भएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बैठकले आज, भोलि र पर्सी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

bharatmohan adhikari 2 0332019045058
bharatmohan adhikari 5 0332019045132
535131742518956756908932064280880116924416n 0332019062314
bharatmohan adhikari 3 0332019045115

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७