दोस्रो मनमोहन दुहवी गोल्डकप मंसिर २३ गतेदेखि हुने


१८ मंसिर २०७४, सोमबार
duhabi gold cub press meet

बेलबारी : सुनसरी स्थित दुहवी न.पा मा एलेभन एरोज क्लबको आयोजनामा दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४मा हुने भएको छ । शनिवार दुहवीे नगरपालिकाको सभाहलमा प्रत्रकार सम्मेलन गरी आयोजक समितिले मङ्सिर २३ गते देखि प्रतियोगिता सुरु हुने जानकारी दिए । दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता पुस १ गते समापन हुने छ ।duhabi gold cub press meet
प्रतियोगितामा ७ राष्ट्रिय स्तरका ए डिभिजनका क्लब काठमाडाैंका त्रिभुवन आर्मि क्लब, मनाङ्ग मर्साङ्गडी क्लब काठमाडौँ, रुपनदेही ११ रुपनदेही, रमपम ११ झापा, चर्च ब्वाइज युनाइटेड क्लब, मोरङ्ग ११, आयोजक एलेभन एरोज क्लब र १ अन्तराष्ट्रि क्लब मिरपुर एकादशको क्लब गरी ८ टिम सहभागी जानकारी जिल्ला फुटबल संघका अध्यक्ष दिलीप राईले दिएका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार ४ लाख १ रुपैयाँ र उपबिजेताले २ लाख १ रुपैयाँ प्राप्त गर्ने छ । कार्यक्रमका प्रमुख अतिथि तथा मनमोहन स्मृति प्रतिष्ठानका खेलकुद संयोजक डा.सुभासश्री पोख्रेलले यस पटकको प्रतियोगिता, पहिलो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता भन्दा अझै भव्य र सभ्य गरी हुने बताउँदै दुहबीको मैदानमा अन्तराट्रिय सार्क स्तिरिय फुटबल प्रतियोगिता भावी दिनमा गर्ने प्रतिबद्धता गरेका छन् । एलेभन एरोज क्लब नेपालकै सबै भन्दा पुरानो फुटबल क्लब भएता पनि ओजेलमा परेको बताए । यस कारण पनि क्लबबाट राष्ट्रिय खेल मात्र नभएर अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गराउने बताए ।
वास्तवमा नै एलेभन एरोज क्लबले राष्ट्रिय खेलाडीको उत्पादन गर्न सुरु गर्दा अहिले नेपालका नाम चलेका चर्चित कुनै क्लबहरुको स्थिपना नै भएको थिएना । एलेभन एरोज क्लबलको स्थिपना २०२३ सालमा भएको हो । क्लबको स्थापना भएको ५१ वर्ष भई सकेको छ यस कारण पनि दुहबीबासीहरु, एलेभन एरोज क्लब नेपालकै सबै भन्दा पुरानो क्लब भएको दाबी गर्ने गरेका छन् ।
पत्रकार सम्मेलन एलेभन एरोज क्लबका अध्यक्ष कृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७