पशुपतिमा बाबाजीहरुको बान्की (फोटो फिचर)


१९ फाल्गुन २०७५, आईतवार
sadhu

काठमाडौं, १९ फागुन । भोलि (सोमबार) महाशिवरात्री शुरु हुँदैछ । महाशिवरात्रीका अवसरमा विगतमा जस्तै बाबाहरुको आगमन भइसकेको छ । विगत वर्षहरुमा भन्दा यो वर्ष बाबाजीहरुको संख्या कम भएको बताइएको छ ।

sadhu
आइतबार पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको अवसरमा गाँजा तान्दै जोगी । तस्वीर : रासस

अहिले पशुपति क्षेत्रमा बाबाजीहरुलाई विभिन्न बान्कीमा देख्न सकिन्छ । भोलि पशुपति दर्शनका लागि सहज बनाउन सवारी आवत–जावतमा रोक लगाइने भएको छ । सरकारले महाशिवरात्रीमा गाँजा प्रयोगमा रोक लगाएको छ । गाँजा प्रयोगमा रोक लगाइएका कारण समेत बाबाजीहरुको संख्या घटेको अनुमान गरिएको छ ।

महाशिवरात्रिका दिन काठमाडौंको पशुपति मन्दिर आसपास गौशाला, मित्रपार्क क्षेत्रको बाटो गाडी चलाउन रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

शिवरात्रिका दिन पशुपति मन्दिर आसपासमा भक्तजनको अत्याधिक भीड हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार एक विज्ञप्ति निकालेर वैकल्पिक सडक समेतको जानकारी दिएको छ ।
हेर्नुस् तस्विरहरु

baba 1
आइतबार पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि अवसरमा मुखमा खरानी दल्दै एक जोगी । तस्वीर : रासस
baba2
आइतबार पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि अवसरमा गाँजा तान्दै जोगी । तस्वीर : रासस
baba 3
महाशिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका स्वदेशी तथा विदेशी साधुसन्त गाँजा तान्दै । तस्वीर : रासस
baba 4
महाशिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका स्वदेशी तथा विदेशी साधुसन्तको तस्वीर लिंदै फोटोपत्रकार । तस्वीर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७