अष्टमी गुरुङको हत्यारालाई कारबाहिको माग गर्दै, रबी लामीछाने यूएईमा पुगे


१८ मंसिर २०७४, सोमबार
rabi

यूएई: “सिधा कुरा जनतासंग” कार्यक्रमका संचालक एवं पत्रकार ‘रबि लामिछाने‘ यूएई आएका छन् । दुबईस्थित अन्तरास्ट्रिय बिमानिस्थलको टर्मिनल २ मार्फत सोमबार बिहान २ बजे युएई आईपुगेका लामिछानेलाई ‘एनआरएनए’ युएई, नेपाल पत्रकार महासंघ युएई, बिभिन्न संघ संस्थाका प्रतिनिधी, ब्याबसायी, लगायत यूएईमा कार्यरत नेपालीहरु बिमानस्थलमै पुगेर स्वागत गरेका थिए ।rabi

युएईको राजधानी आबुधाबीस्थित एक किल्नीङ कंम्पनीमा कार्यरत गोर्खाकी नेपाली चेली ‘अष्टमी गुरुङ’ले आत्महत्या गर्नुको कारण बारे सिधाकुरा जनतासंग कार्यक्रममा प्रसारण भएपछी उक्त घटनाको गहिराई सम्म पुग्न र गुरुङलाई आत्महत्या सम्म गर्ने अबस्थामा पुर्याउने ब्यक्तिलाई कारवाहीको माग गर्दै रबि लामीछाने यूएई आएका हुन ।

आत्महत्या गरेर दाहसंस्कार सम्म गरिसकेपछी मृतक अष्टमी गुरुङका दाईले अष्टमीले आत्महत्या गर्नुभन्दा अगाडी उनकै मोबाइलमा रेकर्ड गरेको भिडियो टेप फेला पारेर न्युज २४ टेलिभिजनलाई घटनाको बारेमा जानकारी गरायपछी घटना एकाएक चर्चामा आएको थियो। गुरुङ भाषामा रेकर्ड गरिएको उक्त भिडियोमा अष्टमिले आफुलाई कम्पनीकै एक सुपरभाईजरले बलात्कार गरेकै कारण आत्महत्या गर्न बाध्य भएको बताएकी छिन्।
सोही घटनालाई लिएर मृतक गुरुङको परिवारलाई समेत भेटेका रबि लामिछानेले दोषीलाई कानुनको जिम्मा लगाएर परिवारलाई न्याय दिलाई छाड्ने भन्दै युएई आईपुगेका हुन्। यसै बिषयमा छलफल तथा अन्य समसामयिक बिषयमा कुराकानी गर्न सोमबार बेलुकी ५ बजे ‘नेपाली दूतावास आबुधावी’मा यूएईमा रहेका विभिन्न संघ संस्था र युएईमा कार्यरत नेपालीहरु संग भेटघाट कार्यक्रम समेत गर्ने रबिले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७