केदारनाथको शीर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो (फोटो फिचर)


२० फाल्गुन २०७५, सोमबार
dole

भादगाउँ, २० फागुन । महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

dole
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रासस

प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ ।

त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा आज विहानैदेखि डोलेश्वर मन्दिरलगायत भक्तपुरको आशापुरी महादेव, यातु महादेव, अन्नतलिङ्गश्वर, मङ्गलेश्वर र दत्तात्रय मन्दिरमा समेत दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।
हेर्नुस् तस्विर

dole 1
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन घुइँचो । तस्वीर : रासस
dole 2
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रासस
dole 3
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रासस
dole 4
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा साधुले शंक बजाउँदै । तस्वीर : रासस
dole 5
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा साधु, सन्तको स्वास्थ्य परीक्षण गर्दै नेपाली सेना । तस्वीर : रासस
dole 6
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा बाबा । तस्वीर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७