धनगढीमा फेला परेको बम निष्क्रिय


१८ मंसिर २०७४, सोमबार
socket bomb

धनगढी : धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । socket bomb
प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम रहेको उक्त खोला छेउमा प्रहरीले तालीम प्राप्त कुकुरको सहायताले सर्च गरेको थियो । यस घटनापछि सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सो ठाउँमा अज्ञात समूहले बम राखेको हो । प्रधानमन्त्री देउवा डडेलधुराको चुनावीसभालाई सम्बोधन गरी आइतबार बम फेला परेको सोही बाटोबाट डिभोटी होटेल  पुगेकाे  थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७