कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत उत्तीर्ण


१८ मंसिर २०७४, सोमबार
national exam b

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।national exam b

परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उत्र्तीण भएको बोर्डले जनाएको छ । यो २१ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ ।
परीक्षाको नतिजा थाहा पाउन www.moe.gov.np लगअन गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै NEB टाइप गरेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेर १६०१ नम्बरमा एसएमएस गर्न सकिने पनि बोर्डले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७