कांग्रेस नेता गगन थापामाथि चपलीहाइटमा बम प्रहार


१८ मंसिर २०७४, सोमबार
gagan thapa 1

काठमाडौ: नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।gagan thapa 1

चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको हो ।

बमलागेर नेता थापा सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमार्डौ तर्फ लगिएको छ । अज्ञात व्यत्तिले रिमोटको प्रयोग गरी बम प्रहार गरेको प्रहरीले जनाएको छ । बम विस्फोट हुँदा केही व्यक्ति घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७