सिर्जना पार्क सुन्दर गहना : मुख्यमन्त्री राई


२१ फाल्गुन २०७५, मंगलवार
ser

-अर्जुन कुलुङ राई
बेलबारी, २१ फागुन । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सिर्जना पार्क निमार्णमा प्रदेश सरकारको पूरा साथ सहयोग रहने बताएका छन् ।

ser

मोरङको बेलबारी–१० भाउन्नेमा फागुन ४ देखि शुरु भएको सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको सोमबार अवलोकनपछि मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

राष्ट्रको सुन्दर गहनाको रूपमा तयार हुँदै गरेको सिर्जना पार्कमा प्रत्यक्ष रूपमा प्रदेश सरकारको योगदान रहने उनले बताए । ‘छिटो यस पार्कको गुरु योजना तयार होस्, कति लागत लाग्छ प्रदेश सरकार, नगरपालिका र सामुदायिक वन मिलेर नमुना पार्क निर्माण गर्नुपछर्’, मुख्यमन्त्री राईले भने ।

sh

कार्यशालाको अवलोकन पश्चात् सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका संयोजक धनु याक्खालाई फराकिलो सुन्दर सोचका योजनाकार बताउँदै धन्यवाद व्यक्त गरेका थिए ।

1 4

नितान्त नयाँ सोचमा आधारित विशेष ठाउँमा आधारित कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पर्यटन प्रबर्धनलाई विकास गर्ने उद्देश्यले गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला प्रदेशको शान र गौरव बढाउनेमा दुईमत नरहेको प्रदेश प्रमुख राईले बताएका छन् ।

2 4

सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको समापन फागुन २१ गते मङ्गलवार न्याय तथा संसदीय मामिला कानुनमन्त्री भानुभक्त ढकालको प्रमुख अथित्यमा सम्पन्न हुने संयोजक याक्खाले जनाएका छन् ।

3 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७