टु पिसमा ‘सासु -बुहारी’


१० आश्विन २०७४, मंगलवार
priyanka deshraj

आयुष्मान देशराज जोशीसँग प्रेममा पर्नु प्रियंका कार्कीका लागि खजाना भेट्नुसरह भएको छ । उनी खुबै दंग छिन् । अझ, प्रेममा तगारो र भिलेन परिवार नै बन्छन् तर उनको प्रेममा परिवार नै सहयोगी भएपछि त अरु के चाहियो रु त्यसपछि जे नहुनु थियो, त्यही भइरहेको छ । दुई दिनअघि भने यसको पराकाष्टा देखियो । गोकर्ण फरेस्ट रिसोर्टमा बिदा मनाउन गएकी प्रियंकाले प्रेमी आयुष्मानकी आमासँगै यस्तो फोटो इन्स्टाग्राममा पोस्ट गरिन्, जसले बजारमा ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ उखान सम्झना दिलाएको छ ।

priyanka deshraj

प्रियंकाले पोस्ट गरेको फोटोमा स्पाभित्र प्रियंका र बैंकर रविना देशराज श्रेष्ठ टुपिसमा छन् । प्रियंकाले सेल्फी लिइरहेकी छन् तर दुवैको फोटो अरु कसैले लिइरहेको छ । अर्थात् टु पिसको फोटो दुवैले जानी–जानी तेस्रो व्यक्तिलाई खिच्न लगाएका छन् ।

रविना ‘क’ वर्गको बैंकको जिम्मेवार तहमा बसेकी महिला मात्र होइनन्, फिल्ममा भविष्य खोजिरहेका दुई छोराकी आमा पनि हुन् । दुवै छोराको पहिलो फिल्म फ्लप भएका छन् । छोराहरुको करियरमा ध्यान दिनेभन्दा पनि आफ्ना क्रियाकलापले अरुको आङ जिरिङ्ग पार्नु हुँदैन भनेर सतर्क हुनुपर्ने । रविनामा भने त्यो चेत देखिन्न । कमसेकम टुपिस लगाएको फोटो निर्धक्क सार्वजनिक गर्नुले यही बताउँछ । सेलिब्रेटी बन्ने चाहना धेरैमा हुन्छ । रविनामा पनि होला । तर, अर्धनग्न तस्बिर सार्वजनिक गरेर सेलिब्रेटी बन्न खोजेको हो भने चाहिँ यसले राम्रोभन्दा नराम्रो नै ज्यादा गर्छ ।

शुक्रबारबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७