उपचारपछि गगन थापा शिक्षण अस्पतालबाट डिस्चार्ज


१८ मंसिर २०७४, सोमबार
gagan thapa 1

काठमाडौं: काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापा शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।gagan thapa 1

थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् ।आफूलाई नै लक्षित गरेर बम बिस्फोट गराइए बताउँदै उनले भने, घरदैलो कार्यक्रम निर्धारित समयभन्दा एक घन्टा ढिला गरी भएकाले म छिटो(छिटो पाइला चाल्दै थिएँ । त्यसैले मेरो पछाडि रहेका साथीहरुलाई चोट लाग्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७