गगन थापा अस्पतालबाट डिस्चार्ज, मतदातालाई आतंकित नहुन आग्रह 


१८ मंसिर २०७४, सोमबार
Gagan Thapa
Nepali Congress youth leader Gagan Thapa, who was injured in the bomb blast targeting his election campaign in Budhanilkantha Municipality, talks to media after receiving treatment at the Maharajgunj-based Tribhuvan Unievrsity Teaching Hospital, Kathmandu, on Monday, December 4, 2017. Photo Courtesy: Subhash Adhikary

काडमाडाैं : कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापा शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका थापा उपचारपछि डिस्चार्ज भएका हुन् ।

Gagan Thapa

थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
डिस्चार्चपछि अस्पतालमा शुभचिन्तक तथा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् । उनले भने, ‘घरदैलो कार्यक्रम निर्धारित समयभन्दा एक घन्टा ढिला गरी भएकाले म छिटो-छिटो पाइला चाल्दै थिएँ । त्यसैले मेरो पछाडि रहेका साथीहरुलाई चोट लाग्यो ।’
यसैबीच आफ्ना नेता गगन थापा माथि बम आक्रमण भएपछि नेपाली काँग्रेसले विज्ञप्ती निकालेर यस्ता अबाञ्छनीय गतिविधि गर्नेहरुमाथि चेतावनी दिएको छ । सोमबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा नेपाली काँग्रेस र लोकतान्त्रिक शक्ति विरोधि तत्वहरुले दिनानुदिन यस्ता गतिविधिहरु गर्ने गरेको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाली काँग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित कार्य र आक्रमणप्रति नेपाली काँग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनमाका कार्यक्रमहरु गर्नपाउने नागरिकको नैसर्गिक अधिकार माथि समेत ठाडो उल्लंघन भएको छ । र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारको अवांञ्छित गतिविभि नदोहोर्याउन नेपाली काँग्रेस चेतावनी पनि दिन चाहन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७