घाइते गगन भेट्न गएको राजनमाथी दुब्र्यवहार


१८ मंसिर २०७४, सोमबार
gagan thapa vs rajan bhatarai

काठमाडौं: नेपाली काँग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बम प्रहारबाट घाइते बनेका गगन थापालाई भट्न गएको सोही क्षेत्रको वाम गठबन्धनका उम्मेदवार राजन भट्टराई माथि दुब्र्यवहार भएको छ ।

gagan thapa vs rajan bhatarai
थापा बम विस्फोटमा घाइते भएको खबर पाए लगतै भट्टराई शिक्षण अस्पताल पुगेका पुगे पनि घाइते गगनलाई भेट्न पाएनन् । उनलाई त्यहाँ जम्मा भएको भिडले धकेलाधकेल गरेको र आफ्नो सहयोगीलाई दुव्र्यवहार गरेको छ । भट्टराईका अनुसार घटनाको खबर थाहा पाए लगतै अस्पताल पुगेका थिए । तर, भिडले इमर्जेन्सीमा जान दिएनन् । उल्टै भिडले धकेलेर बाहिर पठाए ।
वाम गठबन्धनका उम्मेदवार भट्टराई बाहिर निस्कने क्रममा भिडले नाराबाजी गर्दै दुव्र्यवहार समेत गरेको एक प्रत्यक्षदर्शिले बताए ।  थापाको कान र ढाडमा चोट लागेको छ । विस्फोटमा थापासहित ११ जना घाइते भएका छन् । थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो ।
घाइते हुनेमा श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल गम्भीर घाइते बनेका छन्। यस्तै सामान्य घाइतेमा ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापा रहेका छन् । प्रहरीका अनुसार विस्फोट कसले गरायो भन्ने अझै खुलेको छैन । अहिले थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७