मेलिना राईलाई यस्तो ‘असर’ गरेपछि …


२५ फाल्गुन २०७५, शनिबार
melina 1

काठमाडौं, २५ फागुन । फिल्म ‘आफ्नो मान्छे’ मा समावेश दशक अगाडिको सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ लाई रिमेक गरेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ मा समावेश गरिएको छ ।

melina 1

गएको मंगलवार यो गीतको रिमेक भर्सन निर्माण टिमले राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्‍यो । गीत रिलिज अगाडिसम्म दंग देखिएको निर्माण टिम अहिले भने निकै तनावमा छ । किनकी, गीतलाई गालीको वर्षात आएको छ ।

अहिले नेपालको युट्युब टेन्डिङको पाँचौ स्थानमा रहे पनि ‘चट्ट रुमाल’ को रिमेक भर्सनलाई दर्शकले पिटिक्कै रुचाएका छैनन् । अधिकांशले एउटा राम्रो पुरानो गीतको निर्मम हत्या गरिएको भन्दै गाली गरिरहेका छन् । साढे ९ लाखभन्दा बढीको नजर परिसकेको गीतलाई साढे ४ हजार बढी कमेन्ट प्राप्त छ, जसमा ९५ प्रतिशत कमेन्ट नकारात्मक छ । पुरानो गीतलाई बिगारेको भन्दै दर्शकहरु निकै आक्रोशित भएका छन् ।

सम्भवतः पहिलो पटक कुनै पुरानो गीतको रिमेक भर्सनप्रति दर्शकहरुको यस प्रकारको असन्तुष्टि सुनिएको हो । युट्युबमा दर्शकले गीतलाई अत्याधिक गाली गरेपछि ‘चट्ट रुमाल’ को रिमेक भर्सनमा आवाज भरेकी सुन्दरी गायिका मेलिना राईले मुख खोलेकी छन् । नारी दिवसको शुभकामना दिँदै उनले शुक्रवार बिहान आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस कोर्दै निर्माण टिमप्रति घोर निन्दा गरेकी छन् ।

mm

कुनै लेजेन्ड्सले गाइसकेको र उही बेला चर्चित भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैंमा ठूलो चुनौती रहेको बताउँदै मेलिनाले लेखेकी छन्, ‘त्यो चुनौतीलाई ध्यानमा राखेर हामीले पूरा मेहनत गर्न पछि परेका थिएनौं । मैले तीन पटक भोकल गरेको थिएँ । सुमन केसीले तीन पटक भोक गर्नुभएको थियो तर उहाँको राखिएन । श्याम स्वयत दाइले तीन पटक मिक्सिङ गर्नुभएको थियो र बाजाहरु थपियो । त्यति गरेर तयार गरिएको त्यो गीत नराखेर उही थोत्रे पुरानो गीत राखियो ।’

धेरै पटक आफूले फाइनल गीत रिप्लेस गरियोस् भनेर अनुरोध गरेता पनि टिमले नसुनेको उनले गुनासो पोखेकी छन् । टेन्डिङ र भ्यूजको अस्वस्थ प्रतिस्पर्धाको चेपुवामा आफू परेको मेलिनाको दुःखेसो छ । ‘राम्रो कुराले टेन्डिङमा परेको पो राम्रो त हैन र ? यो विषयले संगीत क्षेत्रका हामी नयाँ पुस्ता र व्यक्तिगत मलाई पनि असर पुगेको हुँदा एक आर्टिस्ट भएको नाताले मलाई यस विषयमा बोल्न अधिकार छ’, उनले लेखेकी छन् ।

तर, मेलिनाको स्टाटसमा न ‘यात्रा’ टिम भनेर उल्लेख गरिएको छ न त ‘चट्ट रुमाल’ को रिमेक भर्सन भनेर नै उच्चारण गरिएको छ । उनले आफू जोगिएर स्टाटस लेखेकी छन् । तर, उनको असन्तुष्टि ‘यात्रा’ टिमप्रति हो भन्ने अनुमान लगाउन गाह्रो छैन । किनकी, उनले स्वर भरेका कुनै पनि गीतले आजसम्म सुन्नै नसक्ने गरी गाली खाएका छैनन् । हरेक गीतमा उनको स्वरलाई दर्शकहरुले अत्याधिक रुचाउने गरेका छन् । ‘चट्ट रुमाल’ को रिमेक भर्सनमा पनि उनको स्वरलाई भने खासै गाली छैन ।

‘चट्ट रुमाल’ लाई रिएरेञ्ज राजन इशानले गरेका हुन् भने स्वर मेलिना र धर्मेन्द्र सेवानले भरेका छन् । पुरानो गीतमा शम्भुजित बाँस्कोटा र साधना सरगरको स्वर थियो । भने, शम्भुजित स्वयंले संगीत भरेका थिए । गीतका वास्तविक सर्जक बाबुराम दाहाल हुन् । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘आफ्नो मान्छे’ मा समावेश यो गीतको भिडियोमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका थिए ।
गीत हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७