यस्ता मानिसले खानु हुँदैन अनार


२५ फाल्गुन २०७५, शनिबार
anar

काठमाडौं, २५ फागुन । फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, केहि फलफूल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर, यी ७ व्यक्तिले अनारले खानु राम्रो हुँदैन । स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ ।

anar

१) तौल घटाउन चाहने व्यक्ति
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस् । अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ ।

२) प्रेसर लो हुने व्यक्ति
अनारमा पाइने एन्टीअक्सिडन्ंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुँदैन ।

३) मधुमेहका रोगी
अनार खानाले सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका रोगीले अनार खानु हुँदैन ।

४) कलेजोमा समस्या भएका व्यक्ति
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर गर्ने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन ।

५) कब्जियत
अनारमा फाइबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्याँस बढाउँछ । त्यसैले यस्तो समस्या हुनेले पनि अनार खानु हुँदैन ।

६) औषधि लिइरहेको व्यक्ति
यदि तपाई ब्लडप्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भएको छ भने अनार खानु हुँदैन । अनार खाँदा औषधिले काम गर्दैन ।

७) दमका रोगी
दमका रोगीले अनार खाँदा दम झन् बढ्ने हुँदा दमका रोगीले अनार खानु हुँदैन । केही खास समस्या भएका व्यक्तिले बाहेक अनार सेवन गर्नु स्वास्थ्यका हिसाबले महत्वपूर्ण मानिन्छ । उल्लेखित समस्या भएका व्यक्तिहरुमा भने अनारको सेवन लाभकर मानिंदैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७