सडक दुर्घटनामा परी अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु


२५ फाल्गुन २०७५, शनिबार
1552108992nishma

सिड्नी, फागुन २५ । नेपालबाट उच्च अध्ययनका लागि अस्ट्रेलियाको मेलवर्नमा रहेकी निस्मा श्रेष्ठको सडक दुर्घटनामा मृत्यु भएको छ।

1552108992nishma

काभ्रे जिल्ला बनेपा घर भई हाल अध्ययनको शिलशिलामा नौ महिना अघि अस्ट्रेलिया आएर मेलवर्नस्थित ग्लेनरोयमा बसोबास गर्दै आएकी निष्माको गत हप्ता सडक दुर्घटना भएको थियो।

मेलवर्नमा रहेका लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निष्मा काम सकेर राति करिब १ बजे घर फर्कदा बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो।
उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनापश्चात गाडी चालकले नै प्रहरीलाई खबर गरी उनलाई अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको चार तारिखका राति मृत्यु भएको थियो।

उनका आफन्तहरू भाइ र श्रीमान् ७ मार्चमा मेलवर्न आइपुगेपछि मात्र अस्पतालले यो दुर्घटनाका खबरलाई औपचारिक रूपमा जानकारी गराएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७