यसरी खोजिंदैछ हत्या गरी कोशी व्यारेजमा फ्याँकिएकी रमिलाको शव (फोटो फिचर)


२६ फाल्गुन २०७५, आईतवार
cover

-अर्जुन कुलुङ राई

मोरङ, २६ फागुन । हत्या गरी कोशी व्यारेजमा फ्याँकिएकी बेलबारी नगरपालिका–४ की २६ वर्षीया युवती रमिला राईको शव खोज्ने कार्य तीब्र बनाइएको छ ।

cover

सप्तकोशी नदीमा शव खोज्न इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको टोली परिचालन गरिएको छ । प्रहरीको खोजतलासमा युवतीका आफन्त रु स्थानीयले समेत सहयोग गरेका छन् । रमिलाको हत्या आरोपमा प्रहरीले नेकपाका नेता योगेन्द्र गुरुङ्गलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशी नदीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । शुक्रबार भेटका क्रममा विवाद भएपछि गुरुङले राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले गुरुङ पक्राउ परेपछि केही बिषय बाहिर आएको र प्रमाण संकलनको काम भइरहेको बताएका छन् । ‘महिलासँग अन्तिम समयमा भेट भएका आधारमा गुरुङलाई पक्राउ गरिएको हो’ केसीले भने, ‘गुरुङविरुद्ध महिलाका आफन्तको जाहेरी पनि परेको छ ।’

राई फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन् । हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ ।

हेर्नुस् तस्विर

1 7
2 6
3 4
4 1
5 1
6 1
7 1
8 1
9 1
10 1
11 1
12
13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७