ट्राफिक प्रहरीलाई ३५ प्रतिशत भत्ता


२७ फाल्गुन २०७५, सोमबार
Traffic Koteshwor Kalanki 2075 8gnb86LQOu
फाइल फोटो

काठमाडौं, २७ फागुन । ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ । सडकमा दैनिक १५ घण्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

Traffic Koteshwor Kalanki 2075 8gnb86LQOu

गृहले भत्तासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । गृहको प्रस्तावअनुसार डिएसपीसम्मका प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् । डिएसपीलाई बेसिक तलबको १० प्रतिशत, इन्स्पेक्टरलाई २०, सइ, असइलाई २५ तथा हवल्दार, सिपाही र कार्यालय सहयोगीलाई ३५ प्रतिशत भत्ता दिने प्रस्ताव गरिएको छ ।

सरकारले हालै विभिन्न निकायलाई शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरिसकेको छ । विगतमा ट्राफिक प्रहरीले पनि भत्ता पाउने र भत्ताका कारण जथाभावी कारबाही गरेको विवाद आएपछि साउनदेखि कटौती गरिएको थियो ।

माघ महिनादेखि फेरि भत्ता दिन थालिएको थियो । तर, त्यसमा ट्राफिक प्रहरीलाई समेटिएको छैन । कार्यालयमा बसेर काम गर्ने कर्मचारीलाई शतप्रतिशतसम्म भत्ता दिइएपछि ट्राफिक प्रहरीलाई भने थोरै भत्ता दिन समेत कन्जुस्याईं भएको प्रहरी अधिकारी बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७