उपत्यकामा जथाभावी पार्किङ गरिएका एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’


२७ फाल्गुन २०७५, सोमबार
traffice

काठमाडौं, २७ फागुन । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्वाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।

traffice

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कार्वाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए । ‘बाटोमा जथाभावी पार्किङ गरेर हिंड्ने सवारी साधनलाई कार्वाहीस्वरुप ह्वील लक लगाएर कार्बाही गरेका हौं’, उनले भने ।

मंसिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कार्वाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पु¥याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कार्वाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’ मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।

यस्तै महाशाखाले लेन अनुशासन कार्वाही, मादकपदार्थ सेवन (मापसे) कार्वाही, सिसीटिभी कार्वाही, गोप्रो बडिवान क्यामरालगायतका कार्वाही गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७