अझै सक्रिय किन हुन सकेन स्थानीय सरकार ?


१९ मंसिर २०७४, मंगलवार
nepal map 2

काठमाडौं: संघीय मामिnepal map 2ला तथा स्थानीय विकास मन्त्रालयले सरकारको भूमिकाका कारण स्थानीय सरकार अझै सक्रिय हुन नसकेको बताएको छ ।

निर्वाचनबाट जनप्रतिनिधि आएको सात महिना बितिसक्दा पनि आवश्यक संख्यामा जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्थानीय तह कमजोर बनेको मन्त्रालयको भनाइ छ । स्थानीय तहले अहिलेसम्म न्यूनतम संख्यामा कर्मचारीसमेत नपाएको, बजेट खर्च गर्न नसकेको र संगठन संरचना बन्न नसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव दिनेश थपलियाले संविधानले परिकल्पना गरेअनुसार स्थानीय तहले अधिकार प्रयोग गर्न नसक्नुमा केन्द्रीय सरकारकै भूमिका रहेको बताए । जसका कारण अहिलेसम्म स्थानीय तहको संगठन संरचनासमेत बन्न नसकेको र दयनीय बन्दै गएको उनको भनाइ छ ।

स्थानीय तहको संगठन संरचना बन्न नसक्दा भएका कर्मचारीलाई समेत काममा लगाउन अप्ठेरो भएको थपलियाले बताए ।

‘अहिलेसम्म स्थानीय तहको संगठन संरचना कस्तो हुन्छ, कुन–कुन शाखा रहन्छ भन्ने नै निश्चित छैन,’ उनले भने, ‘विषयगत कार्यालयबाट गएका केही कर्मचारी पनि कोप्रति उत्तरदायी भएर के काम गर्ने हो भन्ने नै भएन । स्थानीय तहले पनि कर्मचारीलाई कसरी काम लगाउने भनी निर्णय गर्न सकेको छैन ।’यो समचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७