उपराष्ट्रपति पुनको नजरमा राजेश, भुवन र शिव ‘महानायक’, अनमोल ‘सुपरस्टार’


२८ फाल्गुन २०७५, मंगलवार
bhuwan shiva and uparastrapati

काठमाडौं, २८ फागुन । सिने जगतमा कलाकारहरुलाई विभिन्न उपमा दिइन्छ । एकाध चलचित्र सफल भएसँगै नेपाली सिने जगतमा यस्ता उपाधि पहिराउने गरिन्छ । यसले कलाकारलाई थप जिम्मेवार र सक्रिय बनाउन समेत सहयोग पुगेको छ । अहिले नयाँ वा पुराना कलाकारलाई ट्याग दिन मिडिया नै उद्धार र अगाडि देखिनएको पनि छ ।

bhuwan shiva and uparastrapati

उदाहरणको रुपमा ‘ए मेरो हजुर ३’ को टिजरमा अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’ र फिल्म ’आप्पा’ को गीतमा अभिनेता दयाहाङ राईलाई ‘सुपरस्टार’ लेखिएकोलाई लिन सकिन्छ ।
अभिनेता राजेश हमाललाई ‘महानायक’ भनिएकोप्रति अझै फिल्मकर्मीहरु विभाजित भइरहेको अवस्थामा भर्खर आधा दर्जन फिल्म गरेका अनमोललाई ‘मेगास्टार’ को उपाधि दिइनु र भनिनु पाच्य हुने कुरै भएन । यद्यपि, नेपालमा आजसम्म कुनै अभिनेता वा अभिनेत्रीलाई ‘मेगास्टार’ भनेर सम्बोधन गरिएको थिएन ।

सञ्चारकर्मी नरेश भट्टराईले अनमोललाई यो उपाधिले सम्बोधन गरेपछि यसले अहिले विवादको रुप नै दिएको छ । अनमोलका ‘डाइहार्ट फ्यान’ बाहेक उनलाई ‘मेगास्टार’ भनिएकोप्रति अधिकांशको असन्तुष्टि छ । अनमोललाई ‘मेगास्टार’ भनिनु सही हो वा गलत ? भन्ने विषयले बहसको रुप धारण गरिरहँदा उपराष्ट्रपति नन्दबहादुर पुनले भने उनलाई ‘सुपरस्टार’ को ट्याग दिएका छन् ।

सोमवार अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’ हेरेपछि उनले अनमोललाई ‘सुपरस्टार’ भन्दै प्रगतिको शुभकामना दिए । दर्शकले ‘मेगास्टार’ भन्न थालेता पनि उपराष्ट्रपति पुनले ‘सुपरस्टार’ भनेर सम्बोधन गर्नु अनमोलका लागि ठूलो ‘अचिभमेन्ट’ भएको प्रतिक्रिया दिए ।

उपराष्ट्रपति पुनले अनमोललाई मात्र ‘सुपरस्टार’ भनेनन्, उनका पिता तथा अभिनेता भुवन केसीलाई ‘महानायक’ नै भन्न भ्याए । खासगरि भुवनलाई नेपाली फिल्म क्षेत्रमा ‘सदाबहार अभिनेता’ भन्ने गरिन्छ । ‘महानायक’ अभिनेता हमाललाई भनिन्छ । ‘महानायक’ त राजेश हमाललाई भनिन्छ नि ? भन्ने प्रश्नमा उपराष्ट्रपति पुनले राजेश, भुवन र शिव श्रेष्ठलाई आफू ‘महानायक’ मान्ने बताए ।

उनले थपे, ‘म उहाँहरु तीनै जनालाई फरक देख्दिनँ । उहाँहरु तीनै जना ‘महानायक’ हो ।’ उनले आफूले तीनै अभिनेताको थुप्रै फिल्म हेरेको पनि सम्झिए । ‘क्याप्टेन’ हेरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठका धेरै फिल्म हेरेको र सबै मन परेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७