मेस्सीको प्रतिमामा फेरि तोडफोड, यसरी भुइँमा लडे मेस्सी


१९ मंसिर २०७४, मंगलवार
dqiidkmxkaa9jxg 1

राजधानी ब्युनर्स आयर्सको पासेओ डे लास ग्लोरियसमा अवस्थित अर्जेन्टाइन कप्तान लियोनल मेस्सीको पूर्णकदको प्रतीमा बर्बर हमलाको शिकार भएको छ । प्रतीमामा दुवै खुट्टा फुटाइएको छ । मेस्सीको प्रतीमामा क्षति पुर्‍याइएको यो दोस्रो पटक हो । २८ जुन २०१६ मा अनावरण गरिएको प्रतीमामा पहिलो पटक जनवरी २०१७ मा हमला गरिएको थियो ।

99049758 gettyimages 543428018 1

गएको वर्षको जुनमा अनावरण गरिएको मेस्सीको प्रतिमा योसहित दुईपटक तोडफोड भएको छ । मेस्सीको प्रतिमा अराजक समूहले गोली गाँठो भन्दा केही माथिबाट फुटाएर लडाएका छन् । मेस्सीको प्रतिमाको मूख्य भाग भुइँमा लडेको छ । यसअघि पनि मेस्सीको प्रतिमामा तोडफोड भएको थियो ।

प्रहरीले तोडफोडको कारण थाहा नभएको अनुसन्धान भइरहेको जनाएको छ । मेस्सीले गएको अक्टोबरमा भएको विश्वकप छनौटको अन्तिम खेलमा इक्वेडर विरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकप २०१८ मा पुर्‍याएका थिए । अर्जेन्टिनाका सञ्चारमाध्यमले तोडफोड भएको मेस्सीको प्रतिमाको तस्बिर ट्वीट गरेका छन् । गएको जनवरीमा मेस्सीको प्रतिमा कम्मरबाट काटिएको थियो ।

cmerlebvaaangj6सन् २००० मा अर्जेन्टिना छोडेका मेस्सीले क्लब फुटबलमा बार्सिलोनाबाट खेल्दै आएका छन् । उनले क्लबबाट राम्रो गरे पनि यसअघि राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन नगरेको भन्दै आलोचना हुने गरेको थियो । क्लबबाट चारपटक युरोपियन कप, ८ पटक लिग उपाधि जितेका छन् भने पाँच पटक बोलोन डी’ओ र तीनपटक क्लब विश्वकप जितेका छन् । तर राष्ट्रिय टिमबाट उनले विश्वकपको उपाधि जित्न सकेका छैनन् ।

उनले राष्ट्रिय टिमबाट सन् २००८ को ओलम्पिकमा फुटबलमा गोल्डकप जित्नु नै अहिलेसम्मको ठूलो उपलब्धी हो । सन् २०१६ को जुनमा कोपा अमेरिका अन्तर्गत चिलीसँगको फाइनल खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनी समर्थक रुष्ट भएका थिए । त्यसपछि सन्यासको घोषणा गरेको मेस्सीले पछि सन्यास फिर्ता लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७