भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विष्फोट


२९ फाल्गुन २०७५, बुधबार

चितवन, २९ फागुन । चितवनको भरतपुर महानगरपालिकाको वडा नं ५ को कार्यालयमा बम विष्फोट भएको छ । गए राति १२ः १५ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

bomb 1024x619

घटनास्थलमा सिलिण्डर ग्याँसको टुक्रा फेला परेको चितवन प्रहरीले जनाएको छ । विष्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । विष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

विष्फोट लग्गतै भएको आगलागी महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो । विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । विष्फोटबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७