बमजनलाई जोगाउन जातको ‘बात’


२९ फाल्गुन २०७५, बुधबार
bomjan 1

काठमाडौं, २९ फागुन । वर्गीय आधारमा अघि बढेको कम्युनिष्ट राजनीतिमा जात र धर्मले महत्व पाउन थालेपछि के हुन्छ ?

bomjan 1

जस्तो कि, ‘तपश्वी’ रामबहादुर बमजनले भक्तिनी (आनी) हरुमाथि शारीरिक दुव्र्यवहार गरेको र ज्यान बेपत्ता पारेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले छानवीन थाल्यो । पीडितको बयान सुरक्षित छ । तर, पीडक भनिएका बमजनलाई नियन्त्रणमा लिन सजिलो छैन । कारण हो, कम्युनिष्ट पार्टीकै नेताहरु ‘एउटा तामाङको छोरोलाई…’ भन्दै जातीय आधारमा सक्रिय हुनु ।

काभ्रेका नेकपा नेता तथा पूर्व जलस्रोत राज्यमन्त्री सूर्यमान दोङ अहिले रामबहादुरमाथि कुनै प्रकारको कार्वाही नहोस् भन्दै पार्टी अध्यक्षसहित प्रहरी महानिरीक्षककहाँ धाइरहेका छन् । भनिँदैछ, ‘उनको दोष छैन । उनलाई फसाएर क्रिश्चियन धर्मको प्रबद्र्धन गर्ने मान्छेहरु सल्बलाएका हुन् ।’

पछिल्लो समय आनी रिता बोटमाथि शारीरिक दुव्र्यवहार गरी उनलाई बेपत्ता पारेको आरोपबारे प्रहरीले छानवीन गरिरहेको छ । हत्या र मान्छे बेपत्ता पारेको उजुरी परेपछि बमजन आफ्नो आश्रममा बस्ने आनी रिताका आमाबुवाको घर गएका थिए । एक महिनापछि त्यहाँबाट रिता र बमजनसँगै हिँडे । बमजन जान्छु भनेको ठाउँमा पुगे, तर रिता अहिलेसम्म बेपत्ता छिन् ।

त्यसअघि पनि बमजनको नाममा सिन्धुपाल्चोक, सिन्धुली, बारामा खोलिएका आश्रममा बस्ने भक्तहरु बेपत्ता भएका र तिनीहरूको ‘खोजतलास गरिपाऊँ’ भन्दै प्रहरीमा उजुरी पर्दा सिआइबी सक्रिय भएको हो । प्रहरीले उजुरीका आधारमा प्रदेश २ र ३ मा अनुसन्धान केन्द्रित गरेको खबर जनआस्था साप्ताहिकले छापेको छ । रिता बोट ०६३ सालमा बारा जिल्लाको हलखोरियास्थित रामबहादुरको आश्रममा गएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७