विप्लवलाई प्रतिबन्ध लगाउने निर्णय अपरिपक्व : वरिष्ठ नेता नेपाल


२९ फाल्गुन २०७५, बुधबार
madhav

काठमाडौं २९ फागुन । सत्ता रुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने सरकारको निर्णइ ‘अपरिपक्व’ भएको बताएका छन् ।

madhav

राष्ट्रिय महत्वका विषयमा कदम चाल्नु अघि छलफल, गर्ने, मुद्दाको गम्भिरता बुझ्ने काम नगरी प्रतिबन्ध लगाउनु कमजोरी भएको नेता नेपालले औंल्याएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् । बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफल नै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए ।

‘पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनुपथ्र्यो’ नेपालले भने, ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनु पर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’

आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने पनि नेता नेपालले बताएका छन् । मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, शान्ति सुरक्षा र सरकारको वैधानिकता स्वीकार गर्ने कुरामा कुनै बाधा आएमा पन्छाउनुपर्ने भन्दै नेता नेपालले यसरी कदम चाल्दा कमी कमजोरी भयो कि भएन भन्नेमा भने ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७