घुससहित वन अधिकृत र विचौलिया पक्राउ


३० फाल्गुन २०७५, बिहीबार
ghus पक्राउ

काठमाडौं, ३० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ ।

ghus पक्राउ

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

गैरकानूनी रुपमा मुद्दाको मिसिल मिलाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै उनीहरु पक्राउ परेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । आयोगले सहायक वन अधिकृत शाह र लेखापढी व्यवसायी जोशीलाई बुधबार सवडिभिजन वन कार्यालयको परिसरबाट पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

आयोगले सेवाग्राही बढी हुने सरकारी कार्यालयमा सेवाग्राहीकै रुपमा अनुसन्धान अधिकृत परिचालन गरेपछि नापी, मालपोत, वन कार्यालय तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धमाधम पक्राउ पर्न थालेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७