पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड


३० फाल्गुन २०७५, बिहीबार
dhitopatra board

काठमाडौं, ३० फागुन । शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर (प्यान) को समस्या समाधान भएको छ ।

dhitopatra board

नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ ।

आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार गर्ने लगानीकर्तालाई बोर्डले अनिवार्य प्यान लागू गर्ने भएको छ । लगानीकर्ता तथा सरोकार भएका निकायसँग गरिएको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा रु पाँच लाखभन्दा कम लगानी भएका वा साना लगानीकर्तालाई हाल ऐच्छिक रुपमा मात्रै प्यान लगाउने निर्णय बोर्डले गरेको छ ।

अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयअनुसार ठूला लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गरिएको र साना लगानीकर्तालाई ऐच्छिक रुपमा मात्रै लगाइने व्यवस्था गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिए ।

बोर्डले गरेको यस्तो व्यवस्थाले दोस्रो बजारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहजरुपमा अगाडि बढ्ने अपेक्षा राखेको छ । लगानीकर्ताले प्यान नम्बर अनिवार्य गरिन लागेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७