प्रतिवन्ध लागेको दुई दिनमै विप्लव नेकपाका ‘जनसत्ता’ प्रमुखद्वारा पार्टी त्यागेको घोषणा


३० फाल्गुन २०७५, बिहीबार
khatri

ओखलढुङ्गा, ३० फागुन । सरकारले प्रतिवन्ध लगाएको दुई दिनमै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

khatri

आज (विहीबार) ओखालढुङ्गा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जनसत्ता प्रमुख खत्रीले पार्टीको जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् । पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको बन्दकै दिन खत्रीले पत्रकार सम्मेलन गरेर पार्टीसँग अब कुनै सम्बन्ध नरहने घोषणा गरेका हुन् । अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले जानकारी दिए ।

खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा अब नरहको जानकारी गराए । उनले भने, ‘‘मुख्य कुरा कार्यदिशा प्रष्ट नभएको र बहुदलीय पद्धतिलाई स्वीकार गर्नुको विकल्प नभएकाले मैले पार्टीसँगको सम्बन्धविच्छेद गरेको हूँ ।’ विप्लवले आह्वान गरेको बन्दको प्रभाव ओखलढुङ्गामा भने शून्यप्रायः देखिएको छ । यातायात सबै क्षेत्रमा सञ्चालन भइरहेको र कुनै अवरोध नरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७