उर्लावारीलाई महिला भलिबलको उपाधि


३० फाल्गुन २०७५, बिहीबार
kirat

काठमाडौं, ३० फागुन । किरात राई खेलकुद संघ मोरङ जिल्ला समितिले आयोजना गरेको प्रथम जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी उर्लाबारी बहुमुखी क्याम्पसले जितेको छ ।

kirat


एकदिने प्रतियोगितामा उर्लावारीले २५–१४, १८–२५ र २५–१५ ले पराजित गर्दै उपाधि जितेको हो । विजेता र उपविजेता टिमलाई नगद १५ र १० हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेको किरात राई खेलकुद संघको अध्यक्ष निता कुलुङ राईले बताइन् ।

समापनका अवसरमा पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला सहितले विजेतालाई नगद १५ हजार तथा उपविजेताले १० हजार सहित कप, ट्रफी, मेडल पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७