एनआईसी एशिया बैंकको शाखा गोलबजारमा


३० फाल्गुन २०७५, बिहीबार
inca

सिरहा फागुन ३० । सिरहा– एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको गलबजारमा संचालनमा आएको छ ।

inca


शाखाको गोलबजार नगरपालिका वडा नं ४ शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले उद्घाटन गरेको हो ।

शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे । बैंक तथा वित्तिय संस्थाहरुले किसानलाई लागानी गर्न आनाकानी गर्ने गरेको भन्दै उनले किसानलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउन आग्रह गरे ।

उनले किसानहरुको सहि पहिचान गरी बैंकले उनीहरुको आयस्तरमा बृद्धि गर्न आवश्यक ऋण उपलब्ध गराउनु पर्छ त्यसको लागी आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७