झापाका ९ नदी नियन्त्रणका लागि चिनियाँ टोलीले सरकारलाई अध्ययन प्रतिवेदन बुझायो


३० फाल्गुन २०७५, बिहीबार
Jhapa News

काठमाडौं, ३० फागुन : चिनियाँ प्राविधिक टोलीले झापाका ९ वटा नदीको स्थायी नियन्त्रण तथा रोकथाम अध्ययन लागि सम्भाव्यता अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ । बर्खाको समयमा बर्षेनी भौतिक तथा मानवीय पुर्‍याउने ती नदीहरुको स्थायी रोकथामको दीर्घकालीन योजनाका सहितको प्रतिवेदन चिनियाँ टोलीले सरकारलाई बुझाएको हो ।

Jhapa News
सरकारलाई प्रतिवेदन बुझाउने क्रममा

गत (५–९ असार २०७५) मा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा यी नदी नियन्त्रण तथा रोकथामका लागि दीर्घकालीन तटबन्ध गर्नेबारे सम्झौता भएको थियो । भ्रमणको क्रममा गत ६ असार २०७५ मा उर्जा, जलस्रोत तथा सिँचाई र ‘चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनी’ (सीसीसीसी) बीच झापाको नदीको अध्ययनको बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । झापाका मावा, रतुवा, किस्ने, कमल, सतासी, कन्काई माई, बिरिङ, हँडिया र निन्दा नदीमा स्थायी तटबन्ध निर्माणको सम्झौता भएको हो ।

सोही सम्झौता अनुसार ‘चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनी’ (सीसीसीसी) का प्राविधिक टोलीले अध्ययन गरेर २७ फागुन २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो । तीनपटक स्थलगत अध्ययन गरेर तयार पारिएको प्रतिवेदन सीसीसीसीका प्राविधिक विज्ञ मिस्टर माले बुझाएका हुन् ।

चिनियाँ टोलीले प्रतिवेदन बुझाउँदा नेकपाका संसदीय दलका उपनेता सुम्बास नेम्बाङ, अर्थमन्त्री डा.युवराज खतिवडा, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन, झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बू लगायत उपस्थीत थिए । प्रतिवेदनमा यी ९ नदीमा स्थायी तटबन्ध निर्माणका लागि प्राबिधिक अध्ययन सहित सिफारिसहरु छन् ।

LP Shawa
१ साउन २०७५ मा झापा पुगेको प्राविधिक टोलीलाई स्वागत गर्दै सांसद साँवा

चिनियाँको प्राबिधिक टोली अध्ययनको निम्ती पहिलो पटक १ साउन २०७५ मा चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीअन्तर्गत नेपालका प्राविधिक विज्ञ मिस्टर याउसहितको ७ सदस्यीय टोलीलाई पुगेका थिए । नेपालकातर्फबाट सिञ्चाई मन्त्रालय, जल उत्पन्न प्रकोप, जनताको तटबन्धनका इञ्जिनियर सहितको टोली थियो ।

यो अध्ययन सुरुदेखि टोलीसँगै खटेका सांसद एलपी साँवा लिम्बूका अनुसार त्यसयताको निरन्तरको अध्ययनपछि प्रतिवेदन तयार पारिएको हो । झापामा साना–ठूला गरी दुई दर्जन नदीरखोला छन् । तीमध्ये ९ वटा नदीले जिल्लामा बर्से ठूलो मात्रामा क्षति गर्ने पुर्‍याउने गरेको छ । रेडक्रस सोसाइटीका अनुसार यस वर्ष यी ९ वटा नदीको बाढीका कारण जिल्लाका ८५ वटा गाउँ कटान र डुबानको उच्च जोखिममा छन् ।

झापाका ९ वटा नदीमा स्थायी तटबन्ध सकिए हजारौं बिघा खेतीयोग्य जमिन पुन प्राप्त गर्न सकिने बताए । उनले नयाँ पेजसँग भने, ‘यो अध्ययन सकिएसँगै हामीलाई निकै आशा जागेको छ, स्थायी तटबन्ध निर्माण भए धेरै ठुलो उपलब्धी हुनेछ ।’ नदीले बगर बनाएको जमिन प्राप्त गर्न सकियो भने जिल्लाको सुकुम्बासी समस्या समाधानमा समेत सहयोग हुने र औद्योगिकीकरणका लागि जिल्लामा सयौं बिघा जमिनको व्यवस्थापन गर्न सकिने साँवाको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७