कुवेत–काठमाडौँ–कुवेत सिधा उडान भोलिदेखि


१९ मंसिर २०७४, मंगलवार
airplane

काठमाडौँ: बुधबार (भोली)देखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान सुरु हुँदैछ ।कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान सुरु गर्न लागेको हो ।airplane

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवा सुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७