मृगौला रोगको उपचार र निःशुल्क डायलाइसिस पाउने यी हुन् ५५ अस्पताल (सूचीसहित)


१ चैत्र २०७५, शुक्रबार
kidny

काठमाडौं, चैत १ । नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ ।

kidny

यीमध्ये तीन लाख मानिसको मृगौला बिग्रिरहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन् । यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन् ।
सरकारले मृगौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मृगौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि एक लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ ।

तर कतिपय विरामी र विरामीका आफन्तहरुले सरकारले उपलब्ध गराएको सेवाका बारे जानकारी नहुँदा राम्रोसँग उपचार नपाई ज्यान गुमाउनु परिरहेको छ । यस्तै कतिपयको जीवनभरको कमाइ र घरजग्गा नै उपचारमा सकिएको छ । कतिको उपचारका कारण घरबारविहीन हुनुपर्ने मात्र भएको छैन विरामीको उपचार नै असफल भएका घटनाहरु हामी गाउँघरमा देख्न र सुन्न पाउँछौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृगौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचीकृत गरेको छ । मृगौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ५५ वटा अस्पताललाई सूचीकृत गरेको छ । यी अस्पतालबाट विपन्न बिरामीले उपचार र निःशुल्क डायलाइसिस सेवा पाउने छन् ।

आवश्यक कागजी प्रक्रिया पूरा गरेका विपन्न बिरामीको उपचारका लागि सरकारले सूचीकृत गरेका ५५ अस्पतालमध्ये काठमाडौं उपत्यकाभित्र १३ वटा र उपत्यका बाहिर ४२ वटा छन् । यदि कसैले मृगौलाको उपचारका लागि कहाँ जाने भन्ने अन्योल रहेको छ भने यी अस्पतालमा जाँदा गुणस्तरीय उपचारसँगै निःशुल्क सेवा समेत पाउन सकिन्छ ।

५५ अस्पताल र डायलाइसिस सेन्टर
१) वीर अस्पताल, काठमाडौँ–मृगौला रोग र डायलाइसिस
२) त्रिवि शिक्षण अस्पताल, काठमाडौँ महाराजगञ्ज–मृगौला रोग, डायलाइसिस
३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन ललितपुर–मृगौला रोग, डायलाइसिस
४) वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान–मृगौला रोग, डायलाइसिस
५) कान्ती बाल अस्पताल काठमाडौँ –मृगौला रोग, डायलाइसिस
६) मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर–मृगौला रोग, डायलाइसिस
७) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा–डायलाइसिस
८) नारायणी उपक्षेत्रिय अस्पताल बीरगञ्ज– डायलाइसिस
९) राप्ती उपक्षेत्रिय अस्पताल घोराही दाङ–डायलाइसिस
१०) कोशी अञ्चल अस्पताल, विराटनगर–डायलाइसिस
११) जनकपुर अञ्चल अस्पताल जनकपुर–डायलाइसिस
१२) भेरी अञ्चल अस्पताल, नेपालगञ्ज–डायलाइसिस
१३) सेती अञ्चल अस्पताल, धनगढी–डायलाइसिस
१४ नेपाल मेडिकल कलेज, जोरपाटी–डायलाइसिस
१५गण्डकी मेडिकल कलेज, पोखरा–डायलाइसिस

१६) युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस,भैरहवा रुपन्देही–डायलाइसिस
१७) चितवन मेडिकल कलेज , शिक्षण अस्पताल चितवन–डायलाइसिस
१८) कलेज अफ मेडिकल साइन्सेस भरतपुर,चितवन–डायलाइसिस
१९) नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज–डायलाइसिस
२०) मणिपाल शिक्षण अस्पताल,पोखरा कास्की–डायलाइसिस
२१) राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थली,काठमाडौँ –डायलाइसिस
२२) गोल्डेन अस्पताल प्रा लि विराटनगर मोरङ–डायलाइसिस
२३) वि एण्ड वि अस्पताल, ललितपुर–डायलाइसिस
२४) आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक ललितपुर– डायलाइसिस
२५) नेसनल डायलाइसिस सेन्टर काठमाडौं–डायलाइसिस२६) सिद्धार्थनगर सिटि हस्पिटल, बुटवल–डायलाइसिस
२७) अल्का अस्पताल, जावलाखेल ललितपुर–डायलाइसिस
२८) गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल रुपन्देही–डायलाइसिस
२९) चरक मेमोरयल हस्पिटल पोखरा कास्की–डायलाइसिस
३०) हिमाल हस्पिटल प्रालि बानेश्वर काठमाडौँ–डायलाइसिस

३१) बयोदा हस्पिटल बल्खु काठमाडौँ–डायलाइसिस
३२) भेनस अस्पताल काठमाडौँ –डायलाइसिस
३३) नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर–डायलाइसिस
३४) विरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौँ–डायलाइसिस
३५) सुमेरु सामुदायीक अस्पताल,धापाखेल ललितपुर–डायलाइसिस, मृगौला रोग

३६) ग्राण्डि अस्पताल धापासी काठमाडौं–डायलाइसिस
३७) नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि, विराटनगर मोरङ–डायलाइसिस
३८) क्रिमसन अस्पताल मनिग्राम रुपन्देही–डायलाइसिस
३९) ग्रिन सिटि अस्पताल काठमाडौं–डायलाइसिस
४०) ओम हस्पिटल एण्ड रिसर्च सेनटर काठमाडौं–डायलाइसिस
४१) लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर पोखरा–डायलाइसिस
४२) पुर्णटुङ विर्ता्सिटि अस्पताल,विर्तामोड, झापा–डायलाइसिस
४३) मेची अञ्चल अस्पताल भद्रपुर झापा–डायलाइसिस
४४) जानकी हेल्थ केयर अस्पताल, जनकपुरधाम धनुषा–डायलाइसिस
४५) धुलीखेल अस्पताल, काभ्रे–डायलाइसिस

४६) विराटनगर अस्पताल, विराटनगर–डायलाइसिस
४७) ओमसाई पाथीभारा हस्पिटल, भद्रपुर झापा–डायलाइसिस
४८) किष्ट मेडिकल कजेज, ललितपुर–डायलाइसिस
४९) नेपाल प्रहरी अस्पताल, काठमाडौँ –डायलाइसिस
५०) ब्लुक्रस हस्पिटल, त्रिपुरेश्वर काठमाडौं–डायलाइसिस

५१) मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल, सुर्खेत–डायलाइसिस
५२) धौलगिरी अञ्चल अस्पताल, बाग्लुङ–डायलाइसिस
५३) राप्ती अञ्चल अस्पताल, दाङ–डायलाइसिस
५४) कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ल–डायलाइसिस
५५) गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज–डायलाइसिस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७