दमकमा खुल्दै गोरखा आर्मी भर्तिका लागि तालिम केन्द्र


१ चैत्र २०७५, शुक्रबार
army centre

दमक, १ चैत । गोरखा सैनिक भर्ती आफनो करिअर बनाउने युवाको लागि दमकमा तालिम सेन्टर खुल्ने भएको छ । आइतपुरबाट ब्रिटिस तथा भारतीय आर्मी र सिंगापुर पुलिसमा बन्न चाहने युवाहरुको लागि झापाको दमकमा ‘गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर’ सञ्चालनमा आउने भएको हो ।

army centre

सञ्चालन हुन लागेको सेन्टरमा भव्य र सुविधायुक्त हल रहेको छ । सेन्टर १ करोड ७० लाख लागतमा सुविधासम्पन्न भवन निर्माण गरिएको सञ्चालक रविन राईले जानकारी दिए ।

‘नेपाली युवाहरुको आर्कषण बन्दै आएको ब्रिटिस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा भर्ति हुन चाहने युवाका लागि पूर्व तयारीका हाम्रो सेन्टर यसक्षेत्रकै भरपर्दो गन्तव्य हुनेछ ।’, उनले भने,‘ आफ्नै ठाउँमा केहि गर्ने उद्देश्य अनुरुप दमकमै सञ्चालनमा ल्याउन लागेको हौँ ।’

अभ्यासका लागि आवासीय सुविधासहित अझ बृहत रुपमा सञ्चालनका लागि आवश्यक थप पूर्वाधारहरु निर्माण भईरहेको उनले बताए ।

army centre1

सुविधायुक्त फिटनेश सेन्टर स्थापनासँगै ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ लगायत जिल्लाका इच्छुक प्रशिक्षार्थीलाई सहज हुनेमा समेतमा आफु ढुक्क रहेको प्रशिक्षक समेत रहेका सञ्चालक राई बताए ।

एकाडेमीले क्रमशः आर्मी प्रि ट्रेनिङका अतिरिक्त सेक्युरिटी सर्भिस, मार्सल आर्ट लगायतका तालिम पनि सञ्चालन गर्ने बताइएको छ । न्यूनतम एसईई तहको परीक्षामा उत्तिर्ण र १७ वर्ष ५ महिना उमेर पुगी २१ वर्ष उमेरभित्रका युवाले बिट्रस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्र्मीमा आवेदन गर्न सक्छन् ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७