मौनअवधिमा बाँड्दै गरेको एक लाखसहित राप्रपाकाे कार्यकर्ता पक्राउ


१९ मंसिर २०७४, मंगलवार
dhankuta district

धनकुटा : निर्वाचन आयोगले तोकेको मौनअवधि जारी रहेका बेला धनकुटामा राप्रपा प्रजातान्त्रिकका एकजना कार्यकर्ता मतदातालाई बाँड्दै गरेको एक लाख ७९ हजार रुपैयाँसहित पक्राउ परेका छन् । dhankuta district
धनकुटा नगरपालिका–२ भीरगाउँबाट राप्रपा प्रजातान्त्रिकका कार्यकर्ता राजकुमार राईलाई एमालेनिकट युवासंघका कार्यकर्ताहरुले नियन्त्रणमा लिई निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका हुन् । राप्रपा नेता भैरव थापासहित पैसा बाँडिरहेको अवस्थामा राजकुमार एमालेनिकट युवासंघको नियन्त्रणमा परेका हुन् ।
युवा संघका केन्द्रीय सदस्य विप्लव राई, जिल्लाअध्यक्ष केशव लिम्बू र धनकुटा नगरअध्यक्ष मनोज राईसहितको टोलीले राजकुमारलाई नियन्त्रणमा लिएर निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका हुन् । यज्ञबहादुर थापा भने भाग्न सफल भएका छन् । धनकुटा नगरक्षेत्रका जंगलमा पैसा बाँड्ने क्रम जारी रहेको थाहा भएपछि खोजी अभियान चलाइएको युवा संघले जनाएको छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७