बाराको हुलास स्टिल इण्डस्ट्रिजमा आगलागी


२ चैत्र २०७५, शनिबार
hulas stel 1

बारा, २ चैत । सिमरास्थित हुलास स्टील इण्डस्ट्रिजको गोदाममा आगलागी भएको छ । शनिबार दिउँसो १२ः १५ मा कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा आगलागी भएको हो ।

गोदाममा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र कम्पनीका कामदारहरुको सहयोगमा जीतपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको वारुणयन्त्रद्वारा नियन्त्रणमा आएको छ । नियन्त्रण गर्ने ३० मिनेट लागेको थियो ।

आगालागी गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा निस्केको झिल्कोल भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७