वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित


१९ मंसिर २०७४, मंगलवार
badi वाढी

थाइल्याण्ड: थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी बर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको यहाँको विपद् रोकथाम तथा नियन्त्रण विभागले मङ्गलबार जनाएको छ ।badi वाढी

वाढीका कारण करिब नौ लाख मानिस अत्यन्त प्रभावित भएको विभागले जनाएको छ । विभागका महानिर्देशक चायापोल थितिसकले भन्नुभयो, थाइल्याण्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको बर्षाका कारण मुलुकका ९६ लाख १२६ जना प्रभावित भएका छन् भने बाढीमा डुबेर १५ जनाको मृत्यु भएको छ ।

बाढीका कारण नौ प्रान्तका अझै चार हजार ५९० गाउँहरू डुवानमा रहेका छन् भने बाढीबाट अधिकांश गाउँहरू राज्यको सेवा तथा सम्पर्कबाट विच्छेद भएका थितिसकले बताए । सोमबारदेखि बर्षा केही कम भएको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७