एकसाथ जन्मिए ६ शिशु, अस्पताल भन्छन्: सबै शिशु स्वस्थ छन्

काठमाडौँ, २ चैत । एजेन्सी टेक्सासको ह्युस्टनमा एक महिलाले ६ बच्चालाई एकसाथ जन्म दिएकी छिन् । विश्वभरि ४ दशमलव ७ अर्ब डेलिभरीमा यस्तो घटना एकपटक मात्र हुन्छ ।
यी महिलाले अमेरिकाको ‘द विमिन्स हस्पिटल अफ टेक्सास’ मा ६ बच्चालाई जन्म दिएकी हुन् । अस्पतालले बताएअनुसार थेलमा चाइका नाम गरेकी ती महिलाले शुक्रबार बिहान ४ बजेर ५० मिनेट देखि ४ बजेर ५९ मनिेटको बीचमा ४ छोरा र २ छोरी गरी ६ बच्चालाई जन्म दिएकी थिइन् ।
अस्पतालको रिपोर्ट अनुसार सबै शिशुहरु स्वस्थ छन् र शिशुहरुको तौल ७ सय ९० ग्राम देखि १ दशमल ३ किलोसम्म छ । उनीहरुको अवस्था सामान्य रहेको र अहिले अस्पतालको सघन उपचार केन्द्रमा उनीहरुलाई राखिएको छ । थेलमाले आफ्नी छोरीहरुको नाम जीना र जुरियल राखिसकेकी छन् तर चार छोराहरुको नाम भने राख्न बाँकी नै छ ।
The Woman’s Hospital of Texas1
Did you know that the odds of having sextuplets are estimated at one in 4.7 billion?We were honored to welcome Thelma Chiaka’s four sons and two daughters early this morning!