देउवालाई सभापछिबाट हटाउन कांग्रेस सभापतिको गुपचुप अभियान


३ चैत्र २०७५, आईतवार
Sher Bahadur Deuwa

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले गोप्य अभियान चलाएका छन् ।

deuwa 1

पौडेल–सिटौला समूहले देउवालाई सभापतिबाट हटाउने योजना बनाएको खुलासा भएको हो । विशेष महाधिवेशन बोलाउन लगाएर देउवालाई हटाउने योजना बनाएका जिल्ला सभापतिहरूले नयाँ सभापति कसलाई बनाउने भन्नेबारे केही बताएका छैनन् ।

काठमाडौंको अनामनगरमा शुक्रबार बसेको कांग्रेसका केही जिल्ला सभापतिहरूको गोप्य बैठकले देउवालाई विशेष महाधिवेशन बोलाउन बाध्य बनाउने योजनाका साथ महासमिति सदस्यहरूको हस्ताक्षर अभियान चलाउने सहमति गरेको छ ।

देउवालाई हटाउने योजनाको नेतृत्व केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाई समेत रहेका नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले लिएका छन् । नुवाकोट कांग्रेसका सभापति केसीलाई नेता मानेर अनामनगरमा बसेको जिल्ला सभापतिहरूको भेलाले महासमिति सदस्यहरूको हस्ताक्षर अभियान चलाउने निर्णय पनि गरेको छ ।

उच्च स्रोतका अनुसार देउवाले कांग्रेसलाई नोक्सानी गरेको भन्दै विशेष महाधिवेशनबाट हटाउने गोप्य सहमति भएको छ । गोप्य भेलामा महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

गोप्य बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो । महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेको एकजना जिल्ला सभापतिले जानकारी दिएका छन् ।

७७ वटै जिल्लामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्दा सभापतिहरूले अग्रसरता लिने उनीहरूले बताएका छन् । कैठकमा जगदीश्वरनरसिंह केसी – नुवाकोट, मधु आचार्य – काभ्रे, सबुज बानियाँ – काठमाडौं, हिमालय कर्माचार्य – इलाम, लीला बोखिम – ताप्लेजुङ, विकास लामा – सिन्धुपाल्चोक, खड्गबहादुर शाही – मुगु, अमरसिंह पुन – रोल्पा, नरेशकुमार श्रेष्ठ – खोटाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७