त्रिभुवन विमानस्थललाई ‘बुटिक’ बनाइने, यस्ता छन् योजना


३ चैत्र २०७५, आईतवार
airport 1

काठमाडौं, ३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वैशाखबाट बुटिक बनाइने भएको छ । यो विमानस्थललाई बुटिक बनाउन सरकारले प्रारम्भिक तयारीसहित औपचारिक रूपमा काम अगाडि बढाइरहेको छ ।

airport 1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउन सरकारले फागुन २८ गते ‘बुटिक विमानस्थलसम्बन्धी कार्य्विधि’ स्वीकृत गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले दुई चरणमा विमानस्थललाई बुटिक बनाइने जानकारी दिए। पहिलो चरणमा चैत मसान्तभित्र अवधारणा तयार गर्ने, सौन्दरर्यीकरण, विमानस्थलको डिजाइन र अनुकूल नभएका संरचना भत्काउने, कलात्मक मूर्ति, पेन्टिङ खरिदलगायत काम हुनेछ ।

दोस्रो चरणको काम वैशाख १ गतेबाट गरिने छ । यस्तो काममा विमानस्थललाई बुटिक बनाउन आवश्यक संरचना थप गर्ने, नयाँ संरचना बनाउने, उपयुक्त स्थानमा नेपाली कला झल्किने मूर्ति तथा सौन्दर्यकरण हुनेछ ।

विमानस्थलको नीतिगत तथा व्यावहारिक काम सम्पन्न गर्ने र सन् २०२० को जनवरी १ मा बुटिक विमानस्थलको उद्घाटन गर्ने गरी सरकारले तयारी अगाडि बढाएको उपाध्यायले बताए ।

बुटिक विमानस्थल बनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा गृह, अर्थ, भौतिक मन्त्रालय, उड्डयन प्राधिकरणसहित आठ सदस्यीय निर्देशक समिति बन्नेछ । विमानस्थलमा भएको कामको नियमित अनुगमन तथा सुपरिवेक्षणका लागि पर्यटन सचिवको अध्यक्षमा अर्को ६ सदस्यीय अनुमगन समिति बन्ने छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धकको संयोजकत्वमा तोकिएको र लक्ष्यअनुसारको काम भए–नभएको मूल्यांकन गर्न ६ सदस्यीय कार्य सम्पदान समिति बन्ने व्यवस्था कार्यविधिले गरेको छ ।

सरकारले सन् २०२० लाई विदेशी पर्यटक आकर्षण गर्न नेपाल भ्रमण वर्ष मनाउँदैछ । भ्रमण वर्षको सुभारम्भकै दिन बुटिक एयरपोर्टको उद्घाटन गर्ने गरी कार्य्विधि जारी भएको उपाध्यायले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७