भूमाफियासँग मिलेमतो गरी साढे चार अर्ब मुआब्जा वितरण हुँदै

काठमाडौं, ३ चैत । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।

राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको १८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।
यही समितिअन्तर्गत बागमती किकास आयोजना सञ्चालित छ । मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ । उक्त क्षेत्र काठमाडौं महानगरपालिका वडा ६, ८ र ९, गोकर्णेश्वर र कागेश्वरी नगरपालिकामा पर्छ । नागरिक दैनिकबाट