काठमाडौँ महानगरभित्रका पेट्रोल पम्प हटाउन अध्ययन थालियो


३ चैत्र २०७५, आईतवार
petrol pump

काठमाडौं, ३ चैत । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रका साँघुरो स्थानमा रहेका पेट्रोल पम्प हटाउन अध्ययन थालेको छ ।

petrol pump

सुरक्षाका दृष्टिकोणले मानवीय क्षति हुन सक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पहरुलाई हटाउन यस्तो अध्ययन थालिएको हो ।

हाल सञ्चालनमा रहेका पम्पको अवस्था पहिचार गर्न महानगरपालिकाले अध्ययन समिति बनाएर काम थालेको समितिका संयोजक एवं महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

समितिमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभागलगायतका निकायको प्रतिनिधि छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७