ट्रक जुध्दा एकको मृत्यु, दुई गम्भीर घाइते

नवलपरासी, ३ चैत । पूर्व–पश्चिम राजमार्गको नवलपुरको कावासोतीमा दुई ट्रक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जङ्गलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । राखलको शवलाई पोष्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जानकारी थिएको छ ।