विश्व च्याम्पियनसिपमा खेल्न कम्बोडिया जाँदै मुवाँथाइ टोली


१९ मंसिर २०७४, मंगलवार
विश्व च्याम्पियनसिपमा खेल्न कम्बोडिया जाँदै मुवाँथाइ टोली

काठमाडौं: प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ ।विश्व च्याम्पियनसिपमा खेल्न कम्बोडिया जाँदै मुवाँथाइ टोली
डिसेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा राहुल थोकर लामा र ७१ केजीमा सलोम सादा लेप्चा जैसीले प्रतिस्पर्धा गर्नेछन् । राहुल गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।

महिलाको ६७ केजीमा अनिशा खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४ औं विश्व मुवाँथाईं च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।प्रशिक्षकमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका गणेशलाल कक्षपति तथा व्यवस्थापकमा संघका उपाध्यक्ष उमेशकुमार खड्का रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७