स्वतन्त्र मधेस गठबन्धनको आज राष्ट्रिय परिषद् बैठक, सीके राउतले कार्यकर्तालाई किन भने नागरिकता लिएर आउनू !


३ चैत्र २०७५, आईतवार
ck rahut

काठमाडौं, ३ चैत । विघटनको घोषणा गरिएको सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको आज सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक हुँदैछ ।

ck rahut

बैठकमा नेपाल सरकार र गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको जानकारी गराउने र अब कसरी अघि बढ्ने भन्ने रणनीति तयार गर्नेबारे छलफल हुने गठबन्धनले जनाएको छ । सोमबारसम्म चल्ने बैठकमा सहभागी हुनेले अनिवार्य नागरिकता साथमा लिएर जानु पर्ने भएको छ ।

‘सहभागी साथीहरूलाई अनुरोध छ, ‘कृपया आफ्नो नागरिकताको प्रमाणपत्र साथमा लिएर आउनु होला,’ राउतले फेसबुकमा सूचना पोष्ट गरेर जानकारी गराएका छन् । नागरिकता लिएर आउनु पर्ने खास प्रयोजन भने सीके राउतले स्पष्ट खुलाएका छैनन् ।

हिन्दीमा सूचना पोष्ट गरेर राउतले भनेका छन्, ‘यो बैठक आकस्मिक रूपमा राखिएकाले जिल्लाका सीमित सदस्य मात्रै बोलाइएको छ । केही साथीहरू छुट्नु भए दुःख नमान्नु होला । छिट्टै विस्तारित बैठक र भेटघाटका कार्यक्रम शुरू हुनेछ ।’ सीके राउतले छुट्टै मधेसको मुद्दा त्याग्दै स्वतन्त्र मधेस गठबन्धन विघटनको घोषणा गरेका थिए ।

तर, विघटित संगठनको वैठक बस्न गइरहेको छ । तर, सरकारले यसलाई सहज रुपमा लिएको छ । किनकी कार्यकर्तालाई सरकारसँग भएको सहमतिबारे जानकारी गराउन पुरानै संगठनको नाममा वैठकमा सहभागी गराउनु पर्ने वाध्यात्मक अवस्थालाई बुझेर यसमा कुनै प्रतिक्रिया जनाएको छैन ।

तर, आजको वैठकपछि र कार्यकर्तालाई सीके राउतले सरकारसँगको सहमति र संगठन विघटन भइसकेको कुरा जानकारी गराएपछि भने उनले विघठित संगठनका नाममा गतिविधि गर्छन् कि गर्दैनन् भन्ने कुरा सबैको चासोको विषय समेत बनिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७