विप्लवको समूह ‘झुण्ड’ हो, सरकारले चिन्दैन : प्रधानमन्त्री


३ चैत्र २०७५, आईतवार
kp

मोरङ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत ‘झुण्ड’ भएको टिप्पणी गरेका छन् ।

kp oli jccuxBh1NR
फाइल फोटो

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको आरोप लगाए । उनले भने, ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक दल नभएको बताउँदै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध लगाइएको जानकारी गराएका छन् । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन उनले नेताहरुलाई आग्रह समेत गरे ।

‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैंलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहीं दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो’, उनले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने स्पष्ट पारे । ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ?’, ओलीको प्रश्न छ, ‘सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’
प्रधानमन्त्री ओलीले तत्कालन मन्त्रिपरिषद् पुनगर्ठन नहुने पनि स्पष्ट पारे । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो’, उनले भने, ‘पुनगर्ठन हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७